Jankari Kendra
२८ श्रावण २०८३, बिहीबार
Worldlink

महिन्द्राको अल इलेक्ट्रिक एक्सयूभी ४०० सार्वजनिक, बुकिङ सुरू

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, २८
महिन्द्राको अल इलेक्ट्रिक एक्सयूभी ४०० सार्वजनिक, बुकिङ सुरू

काठमाडौँ । काठमाडौंमा सोमबार सार्वजनिक गरिएसँगै बूकिङ पनि खुला गरिएको छ। यो नेपालका लागि महिन्द्राको पहिलो विद्युतीय कारका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ। यसमा स्ट्यान्ड आउट एक्सयूभी(४०० ईएल(प्रो भेरियन्ट र ३९।४ किलोवाटको ब्याट्री छ। नेपाली बजारका लागि यो विशेष संस्करण भएको कम्पनीको दाबी छ ।

नेपालमा महिन्द्रा एक्सयूभी(४०० प्रस्तुत गर्न पाउँदा खुशी लागेको महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका इन्टरन्याशनल अपरेशन हेड सचिन अरोलकरले बताए। द्रुत गति, विस्तारित दायरा र बलियो सुरक्षा सुविधा भएको यो कारले नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्ने उनको भनाइ छ ।

यसलाई नेपाली बजारमा ल्याएको अग्नि ग्रूपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले यो डिजाइन, स्पेश र प्रविधिका हिसाबले आकर्षक रहेको बताए। “यसले नेपाली उपभोक्तालाई विद्युतीय सेवा लिन उत्साहित र प्रेरित गर्नेछ,” श्रेष्ठले भने ।  बूकिङ खुला गरिएको एक्सयूभी(४०० को ब्याट्री र मोटरमा तीन वर्षको वारेन्टी छ। यसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स