सर्पको टोकोईबाट एक महिलाको मृत्यु
जानकारी केन्द्र
२०८१, असार, ३०
सिराहा। सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी वस्ने ३० वर्षिय रोशिना खातुनको मृत्यु भएको हो।
चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याएपनि उपचार सम्भव नभएको स्थानीय शिव यादवले जानकारी दिए।
खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई केहीवेरपछि असहज महसुस भएपछि चुल्होमा हेर्दा गोमन सर्प भेटिएको थियो।
जानकारी पाएलगदै जोवहा सैनिक गण परिसरमा रहेको जयकाली शर्पदंश उपचार केन्द्रमा पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएको बताए। लगतै कर्जन्हा पुर्याएपनि उनको उपचार हुन सकेन।
खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ। उनी चोहर्वामा बसेर विडी बनाउने काम गर्दै आएका थिए।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
