शिक्षक आयोग खुल्यो, कुन विषयका लागि कति सिट ?
माध्यमिक तहमा शिक्षक नियुक्तिका लागि आयोग खुलेको छ । शिक्षक सेवा आयोगको शनिवार बसेको बैठकले पाँचै विकास क्षेत्रका ६ सय ११ पदका लागि आयोग खोलेको हो ।
शिक्षा विभागबाट प्राप्त दरबन्दीका आधारमा २०६३ बैशाख १० पछि रिक्त रहेका मावि शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि विज्ञापन भएको आयोगले जनाएको छ ।
विभिन्न १४ विषय मध्ये सबै भन्दा धेरै विज्ञानका लागि १ सय ५० पदका लागि आयोग खुलेको छ । यसैगरी अंग्रेजीका लागि १ सय २८, नेपालीका लागि १ सय ७ सामाजिकका लागि ९३ र गणितका लागि ८७ पदको विज्ञापन गरिएको छ ।
स्रोत इडियु खवर
यस्तै लेखामा २०, स्वास्थ्य तथा जनसंख्यामा ६, संस्कृत साहित्य र कम्प्युटर विज्ञानमा ३ / ३ पदका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ ।
यस्तै शिक्षा र संस्कृत भाषका लागि २/२ तथा कृषि र वेदका लागि १/१ पदमा विज्ञापन खोलिएको छ ।
विज्ञापनका लागि ३० दिन भित्र आवेदन भर्न पाईने छ । आईतबार फागुन ३० गते औपचारिक सूचना जारी हुने भएकोले त्यही दिन देखि गणना गरिने छ । जस अनुसार फारम भर्ने म्याद चैत २९ गते सम्मका लागि तोकिएको छ भने दोब्बर दस्तुर तिरेर बैशाख ६ गते सम्म फारम भर्न पाईने आयोगले जनाएको छ ।
विज्ञापन सम्बन्धि थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् : http://tsc.gov.np/site/listnews/news/80
पाँचै क्षेत्रीय कार्यालय सहित हरेक क्षेत्रमा थप एक जिल्ला शिक्षा कार्यालयमा फारम भर्न पाईने ब्यवस्था गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । पूर्वाञ्जलमा जिशिका मोरङ्, मध्यमाञ्चलमा ललितपुर, पश्चिमाञ्चलमा रुपन्देही, मध्य पश्चिममा दाङ र सुदुर पश्चिममा कैलाली जिशिकामा फारम भर्न पाईने ब्यवस्था गरिएको उनले बताए ।
स्रोत इडियु खवर
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

