Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

आफ्नै भिनाजुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, ६
आफ्नै भिनाजुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका १ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका २ देविस्थान बस्ने ४५ वर्षीय पूर्ण बहादुर बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, प्रहरी चौकी नेले समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स