नेपालमा बिएमडब्लु आई एक्स १ इलेक्ट्रिक कार,यस्तो छ मुल्य सहित सम्पुर्ण जानकारी
काठमाडौँ । नेपालमा बिएमडब्लु गाडिको आधिकारिक बितरक लक्ष्मि प्रिमियम मोटर्सले नयाँ बिएमडब्लु आई एक्स १ इलेक्ट्रिक कार भित्राएको छ ।
भर्खरै नेपाल भित्रिएको यस बिएमडब्लु कारले एडभान्स इलेक्ट्रिक टेक्नोलोजिका साथ युनिक ड्राइभिङ अनुभव प्रदान गरेर बिएमडब्लु कारका अरु भेरियन्ट भन्दा एक कदम अगाडि बढेको कम्पनिले बताएको छ ।
बिएमडब्लु आई एक्स १ इलेक्ट्रिक कारमा का १५० किलोवाटको मोटर पाउन सकिन्छ । कारको लम्बाई ४५०० एम.एम, चौडाई १८४५ एम.एम र उचाई १६१६ एमएम पाउनका साथै ह्विलवेश २६९२ एमएम रहेको छ । कम्पनिका अनुसार २०४ पि.एस को म्याक्स पावर र २५० एनएम को म्याक्स टर्क रहेको छ ।
आर.डब्लु.डि ड्राईभ टाइप रहेको यस कारको टप स्पिड प्रति घण्टा १७० किलोमिटरको लिथियम ब्याट्रि उपलब्ध रहेको छ । कारको रेन्ज र चार्जिङ टाईमको कुरा गर्नुपर्दा कारले ४३० किलोमिटर देखि ४७५ किलोमिटर सम्म रेन्ज र ११ किलोवाट ए.सि चार्जरबाट फुलचार्ज गर्न ६.५ घण्टा साथै डि.सि फास्ट चार्जरबाट १०% देखि ८०% चार्ज हुन २९ मिनेट लाग्ने छ ।
बिएमडब्लु आई एक्स १ इलेक्ट्रिक कारमा २२५ / ५५ आर १८ को अल डिस्क टायर पाउन सकिन्छ । कारको सेफ्टि सिस्टम एबिएस प्लस सिबिसि, ७ एयर ब्याग,रडार सेन्सर, पेडेस्ट्रियन वारनिङका साथ बे्रकिङ इन्टरभेन्सन् रहेको र कारको सस्पेन्सन् डबल विशवोन र ईन्डिपेन्डेन्ट मल्टि लिङ्क सिस्टमका साथ एडेप्टिभ सस्पेन्सन् रहेकोे छ ।
४९० लिटरको स्टोरेज क्यापासिटि रहेको यस कारको ग्राउन्ड क्लियरेन्स १७६ एमएम रहेको छ । कार सेतो, कालो,हरियो,निलो, सिल्भर र ओरेन्ज कलरमा पाउनुका साथै कारको जम्मा र्तौल १८६५ छ । यस बिएम डब्लु इलेक्ट्रिक कारको नेपालि मुल्य १ करोड ४९ लाख ९६ हजार भएको कम्पनिले बताएको छ ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

