सिरहा यातायात कार्यालयबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन
सिरहा। यातायात व्यवस्था कार्यालय लहान,सिरहाले गत आर्थिक वर्ष २०८०/०८१ मा ५० करोड भन्दाबढी राजस्व सङ्कलन गरिएको छ।
सरकारले साउन देखि चैत सम्म सवारी साधान करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान,सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैया राजस्व सङ्कलन गरिएको हो।
सवारी करबाट रु ३६ करोड ६४ लाख ९५ हजार ८९ रुपैया, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट रु ११ करोड १८ लाख ६८ हजार विस रुपैया तथा पटके दस्तुर र रुट परमिटबाट रु ७९ लाख ७८ हजार २२५ रुपैया राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कुशेश्वर साहले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७९/०८० मा ४५ करोड ३५ लाख ७४ हजार तिनसय ९४ रुपैया राजस्व उठाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस आ.व.मा ५ करोड भन्दाबढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जनाएको छ।’
यस्तै आव २०८०/०८१ मा ५ हजार २ सय एकवटा नयाँ सवारी साधन दर्ता भएको उनले बताए ।
कार्यालय प्रमुख साहका अनुसार यो आर्थिक वर्षमा ९ हजार २ सय जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ। मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिएपछि नयाँ सवारीसाधनको दर्ता बढेको कार्यालय प्रमुख साहको भनाई छ। उनले थपे, ‘कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले राजस्व सङ्कलन उल्लेखनीय बढेको हो।’
सङ्कलन गरिएको राजस्वबाट संघ सरकारलाई १ करोड ७३ लाख ६९ हजार ४ सय चौरान्नवे रुपैया र प्रदेस सरकारको खातामा ४८ करोड ६८ लाख ५५ हजार दुई सय ७८ रुपैया गरी जम्मा ५० करोड ४२ लाख रकम खातामा जम्मा गरेको कार्यालयका लेृखा अधिकृत जय प्रकाश महतोले जनाएको छ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
