करिब ७६९ किलोग्राम गाँजासहित कन्टेनर चालक पक्राउ
नवलपरासी पूर्व । नवलपरासी पूर्वको देवचुली नगरपालिका-२ हमालचोकबाट अवैध लागूऔषध गाँजा ७ सय ६९ किलो ३१ ग्राम सहित एनएल ०१ ५५४४ नम्बरको कन्टेनरका चालक चितवन राप्ती नगरपालिका-२ बस्ने २३ वर्षीय मदन लामालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले एनएल ०१ ५५४४ नम्बरको कन्टेनर र सोही कन्टेनरलाई स्कट गर्दै आइरहेको बाग्मती प्रदेश ०१-०२६-च ५१५९ नम्बरको कारलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा सोमबार दिउँसो ट्रकको सामान राख्ने स्थान र क्याबिनको बिच भागमा फल्सबटन बनाई कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई काटी हेर्दा प्लाष्टिकले बेरी राखेको २४ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी कन्टेनरका चालक लामालाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
