पूर्व पश्चिम राजमार्गको बेलगाछि पुलमा क्षति
रौतहट । बर्षासंगै आएको पानीको भेलले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास भन्दा करीब २ किलोमीटर पश्चिम स्थित बेलगाछि पुल क्षति ग्रस्त हुँदा यातायात प्रभावित भएको छ ।
पूर्व पश्चिम महेंद्र राजमार्ग अंतर्गत टूटेश्वर महादेव जाने बाटो छेउ बेलगाछी पुल आज बिहान ३ बजे बाढीबाट पूर्ण रूपले छती भएपछि आवागमन प्रभावित भयेको हो । पुल क्षतिग्रस्त हुँदा पूर्व पश्चिम जाने दर्जनौं मालबाहक तथा यात्रु वाहक गाड़ीहरु बिहानै देखि जाममा परेको थियो ।
प्रहरीले वैकल्पिक बाटो प्रयोग गरेर रोकिएको गाडिहरु पास गराएको छ। सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले पुल बिहान ३ बजेतीर पानीको भेलले क्षतिग्रस्त हुँदा केही घन्टा यातायातमा कठिनाई भएको बताएका छन् ।
अहिले प्रहरीले पूर्व पश्चिम बाट आउने गाडीहरुलाई लालबन्दीबाट रूट बदलेर हुलाकी राजमार्ग ,रेलगार्ग हुदै पठाएको छ एसएसपी ओलीले बताएका छन।क्षतिग्रस्त पुल मर्मतको काम द्रुतगतिमा चलिरहेकाले केही समय पछि सञ्चालन हुने उनले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
