ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते
जानकारी केन्द्र
२०८१, श्रावण, १९
काठमाडौं । थापाथलीमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको ज्यान गएको छ । दुर्घटनामा परेर श्रीमान घाइते भएका छन् ।
माइतीघरबाट थापाथलीतर्फ गुडिरहेको मधेस प्रदेश ०१-००१ क २५१९ नम्बरको ट्यांकरले समान दिशातर्फ गुडिरहेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडिको सिटमा बसेकी ६२ वर्षकी सरस्वती तुलाधरको ज्यान गएको हो ।
मोटरसाइकल चालक ६९ वर्षका ध्रुवराज तुलाधरको नर्भिक अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
