Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, १९
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौं । थापाथलीमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको ज्यान गएको छ । दुर्घटनामा परेर श्रीमान घाइते भएका छन् ।

माइतीघरबाट थापाथलीतर्फ गुडिरहेको मधेस प्रदेश ०१-००१ क २५१९ नम्बरको ट्यांकरले समान दिशातर्फ गुडिरहेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडिको सिटमा बसेकी ६२ वर्षकी सरस्वती तुलाधरको ज्यान गएको हो ।

मोटरसाइकल चालक ६९ वर्षका ध्रुवराज तुलाधरको नर्भिक अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स