नेप्से ४० अङ्कले बढ्यो, २२ अर्बको कारोबार
काठमाडौँ । नेप्से परिसूचकमा ४० अंकले बढेको छ । आइतबार ४०. ७६ अङ्कले बढेर आज २७९६. ३८ को बिन्दुमा कायम भएको हो ।आज ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर २ लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ बराबरको कारोबार भएको छ।
आज आठवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । जसमा रुरु जलविद्युत् परियोजना लिमिटेड, सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
त्यस्तै नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २६ करोड चार लाख ८८ हजार सात सय ७२ बराबरको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच भएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
