• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ जेठ २०८३, आइतबार
०३ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
  • १६ घण्टा 

विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण
  • १६ घण्टा 

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
  • १८ घण्टा 

विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
  • १९ घण्टा 

सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

३२ औं पटक सगरमाथाको शिखरमा कामिरिता : तोडे आफ्नै रेकर्ड
  • २१ घण्टा 

ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन
  • २२ घण्टा 

पश्चिमी तथा स्थानीय वायुको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • २. पश्चिमी तथा स्थानीय वायुको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

  • ३. २०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

  • ९. ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

  • १०. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

सुरक्षित ठानेर आश्रय लिएको घर नै पहिरोले बगाउँदा ६ को मृत्यु, चार बेपत्ता

जानकारी केन्द्र २०८१, श्रावण, २३

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटा गाउँका स्थानीय लगातारको वर्षाले त्रसित थिए । सोमबार साँझदेखि परेको भारी वर्षाबाट निम्तिन सक्ने विपद्को अनुमान लगाउँदै आरुपाटाका स्थानीयले सतर्कतासमेत अपनाएका थिए ।

आरुपाटाका स्थानीय मंगलबार बिहानै सुरक्षित घर खोज्दै छिमेकी जोगबहादुरको बुढाको घरमा पुगे । अपसोच बिहान ११ बजेर २० मिनेट पुग्दा सुरक्षित भनेर स्थानीय जम्मा भएकै घरलाई पहिरोले बगायो । पहिरोले जोगबहादुर बुढाको घर पुर्दा छ जनाको मृत्यु भयो ।

पहिरोमा चार जना अझै बेपत्ता रहेको आशङ्का गरिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलका अनुसार घटनास्थल निकै दुर्गम स्थानमा भएका कारण प्रहरी चार घण्टापछि मात्रै उद्धारका लागि त्यहाँ पुगेको थियो ।

बडिगाड गाउँपालिका–१० का वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरका अनुसार भारी वर्षापछि स्थानीय सुरक्षित स्थान खोज्दै जोगबहादुर बुढामगरको घरमा पुगेका थिए । उनले भने, “गाउँमा पहिराको जोखिम थियो, जोगबहादुर बुढाको घरभन्दा तलको घर पहिरोको जोखिममा रहेका कारण सुरक्षित घरमा बसेर बुर्तिवाङ जाने योजनाका साथ छिमेकी यस घरमा आएका रहेछन्” ।

वडाध्यक्ष बुढामगरले घटनास्थलको दृश्य सम्झँदै भने, “जुन घर अलि सुरक्षित छ भनेर छिमेकी आएर जम्मा भएका थिए, त्यही घरलाई नै पहिरोले लग्यो, पहिरोले घरसहित गोठसमेत बगाएको छ, स्थानीयको सहयोगमा प्रहरी पुग्दा पाँच जनाको शव निकालिएको थियो, एक जनाको उद्धारपछि मृत्यु भएको थियो अन्य बेपत्ताको खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भएको छ ।”

घटनास्थलमा पुगेका प्रहरीले एउटै घरमा ठूलो मानवीय क्षति भएको र शवको पहिचान गर्दा एउटै घरका नभएर छिमेकी परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवका अनुसार आश्रय लिएको घर नै पहिरोले बगाएपछि ठूलो मानवीय क्षति भएको हो । केही पहिरोको जोखिम टार्न जोगबहादुर बुढाको घरमा आएका थिए भने केही बुर्तिवाङ जानलाई त्यस घरमा पुगेका थिए ।

“एउटै घरमा यति धेरै मानिस रहेछन्, फरकफरक समुदायका मानिस आश्रय लिनका लागि त्यस घरमा पुगेको पाइयो”, यादवले भने, “त्यही घर नै पहिरोले पुर्दा छ जनाको मृत्यु भएको छ, अन्य चार जना बेपत्ता रहेको स्थानीयले बताएका छन्, बेपत्ताको यकिन भएको छैन, खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भइरहेको छ ।”

प्रहरीका अनुसार मृत्यु हुनेमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका १० निवासी ७० वर्षीया देवी कामी, पाँच महिनाकी सीता विक, सात वर्षीय मालती बुढा, आठ वर्षीय अमल बुढा, ११ वर्षीया सीता पुन र घरधनी ७८ वर्षीय जोगबहादुर बुढा रहेका छन्।

पहिरोमा परेर नौ जनासमेत घाइते भएका छन्। पहिरोमा परी घाइते हुनेमा बडिगाड गाउँपालिका–१० बस्ने २६ वर्षीय ओमप्रकाश पुन, ४६ वर्षीय सङ्गीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मङ्गल सेन बुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय शशिराम विक, नौ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीया सीता थापा घाइते भएका छन् ।

घाइतेको बडिगाड गाउँपालिकाले पठाएको स्वास्थ्यकर्मीबाट प्राथमिक उपचार गरिएको छ । घरधनी जोगला बुढाको जीवितै उद्धार गरे पनि उद्धारको एक घण्टापछि मृत्यु भएको हो । पहिरोमा परी १० वर्षीय मनोज बुढा, तीन वर्षीय आरुष थापा, ६० वर्षीया मधु बुढा र ११ वर्षीय सुमन विक पहिरोमा बेपत्ता भएको प्रहरीको भनाइ छ ।

पहिरोमापरी गम्भीर तथा घाइतेको उद्धार र उपचारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरे पनि मौसम बाधक बनेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताए। पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टर बागलुङ बजारमा अवतरण गरेको छ । उद्धारका लागि हेलिकप्टर पुनःबिहिबार बिहानै पठाउने उनले बताए ।

बडिगाड गाउँपालिका–१० आरुपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पटकपटक प्रयास गर्दा पनि मौसमका कारण बडिगाडमा अवतरण गर्न नसकेपछि श्री नम्बर २३ बाहिनी अड्डा बागलुङमा अवतरण गरेको हो ।

यस्तै पहिरोका कारण बडिगाड गाउँपालिका–९ स्थित नयाँ बस्तीका १४ वर्षीय विधान परियार र सोही वडाको खहरे भन्ने ठाउँका २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरो पन्छाउने क्रममा परियारको र बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोले बस्नेतको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण
नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

ताजा

२०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.