सी.जी. मोटर्स द्वारा एकै दिन १७ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सी.जी. मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान, काठमाडौंमा
पानीपोखरी स्थित आफ्नो शोरुम बाट एकै दिन काठमाडौं को विभिन्न रुटहरुमा सेवा दिने गरी विभिन्न यातायात व्यवसायीहरुलाई एकैपटकमा १७ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको हो।

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा 50.23 kWh को ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा ए.बि.एस., इ.बि.डि., १८० एम.एम. ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, ए.सि. जस्ता विशेषताहरु पाउन सकिन्छ भने उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ। ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उतिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ ।

सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह