मन्त्री पाण्डेको निर्देशनः मन्त्रालयमा अड्किएको फाइल २४ घण्टाभित्र छिनोफानो गर्नु
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमा अड्किएका फाइल २४ घण्टाभित्र अगाडि बढाउन निर्देशन दिएका छन्। आज (बुधबार) संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उनले कुनै पनि फाइल अनावश्यक रुपमा नरोक्न भनेका हुन् ।
मातहतका निकायलाई आफ्ना काम चुस्त र परिणाममुखी बनाउन पनि मन्त्री पाण्डेले निर्देशन दिएका छन् । ‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ रु त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला,’– छलफलपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने ।
उनले आगामी असोज महिनाभित्र कार्य प्रगति विवरण पेश गर्न पनि कर्मचारीलाई निर्देशन दिएका छन् । कामको प्राथमिकता निर्धारण गरेर अघि बढ्न पनि मन्त्री पाण्डेले निर्देशन दिएका छन् । इमान्दारी पूर्वक व्यवसायिक धर्म निर्वाह गर्न पनि उनले कर्मचारीहरुलाई सुझाव दिएका छन् ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

