मन्त्री पाण्डेको निर्देशनः मन्त्रालयमा अड्किएको फाइल २४ घण्टाभित्र छिनोफानो गर्नु
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमा अड्किएका फाइल २४ घण्टाभित्र अगाडि बढाउन निर्देशन दिएका छन्। आज (बुधबार) संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उनले कुनै पनि फाइल अनावश्यक रुपमा नरोक्न भनेका हुन् ।
मातहतका निकायलाई आफ्ना काम चुस्त र परिणाममुखी बनाउन पनि मन्त्री पाण्डेले निर्देशन दिएका छन् । ‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ रु त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला,’– छलफलपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने ।
उनले आगामी असोज महिनाभित्र कार्य प्रगति विवरण पेश गर्न पनि कर्मचारीलाई निर्देशन दिएका छन् । कामको प्राथमिकता निर्धारण गरेर अघि बढ्न पनि मन्त्री पाण्डेले निर्देशन दिएका छन् । इमान्दारी पूर्वक व्यवसायिक धर्म निर्वाह गर्न पनि उनले कर्मचारीहरुलाई सुझाव दिएका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
