बलिउड फिल्म ‘शोले’ को मुम्बईमा स्पेशल स्क्रिनिङ हुने
काठमाडौँ । अमिताभ बच्चन र धर्मेन्द्र स्टारर ब्लकबस्टर बलिउड फिल्म ‘शोले’ को स्पेशल स्क्रिनिङ अगस्ट ३१ मा शनिबार मुम्बईमा हुने भएको छ । यस स्क्रिनिङको क्रममा उद्योगका चर्चित लेखक सलीम-जावेदले पनि सहकार्यको ५० वर्ष मनाउने छन् । यो फिल्म अगस्ट ३१ मा मुम्बईको रिगल सिनेमामा साँझ ५: ३० बजे प्रर्दशन हुनेछ । फिल्म ५० वर्ष पुरानो भिन्टेज सिनेमास्कोप प्रिन्टमा प्रर्दशन गरिने छ ।
सो अवसरमा चलचित्रका निर्देशक रमेश सिप्पी र लेखक सलिम जावेदको पनि उपस्थिति रहनेछ । यी तीन बाहेक चलचित्रसँग सम्बन्धित अन्य कलाकार पनि प्रदर्शनमा देखिने चर्चा छ । सलिम-जावेदको कथामा आधारित डकुड्रामा ‘एंग्री योङ म्यान’ हालै रिलिज भएको छ । यसको निर्माता जोया अख्तरले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा ‘शोले’ को स्क्रिनिङको जानकारी दिएकी छिन् ।
डकुमेन्ट्रीमा ‘एन्ग्री यंग म्यान’ ले सलिम-जावेदको संघर्ष, करियर र उनीहरुको बिछोडको बारेमा चर्चा गरिएको छ । यसमा आफ्ना छोराछोरी सलमान-अरबाज खान र फरहान-जोया अख्तर बाहेक, धेरै प्रसिद्ध बलिउड कलाकारहरूले सलीम-जावेदसँग सम्बन्धित आफ्नो कथाहरू सेयर गरेका छन् ।
सिरिजमा अमिताभ बच्चन, आमिर खान, साउथ सुपरस्टार यश, करण जोहर, फराह खान लगायत धेरै सेलेब्सले यी दुईको चर्चा गरेका छन् । फिल्म ‘शोले’ सन् १९७५ मा रिलिज भएको थियो । यसमा अमिताभ बच्चन, धर्मेन्द्र, सञ्जीव कुमार, हेमा मालिनी, जया बच्चन, अमजद खान, सत्येन कप्पु, एके हंगल, जगदीप र असरानीलगायत धेरै चर्चित कलाकारहरूले काम गरेका थिए ।
सम्बन्धित समाचार
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

