ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा राखिएको छ ।
टी-२० टिमबाट बाहिर रहेका भीम, आरिफ र अर्जुन एकदिवसीय टिममा फर्किएका छन् । नेपालले भदौ ३१ गतेदेखि आइसीसी लिग २ को खेल खेल्दैछ । क्यानडामा हुने खेल असोज १० सम्म हुनेछ । नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडासँग खेल्नेछ । त्यस्तै ओमानसँग सेप्टेम्बर १८, क्यानडासँग सेप्टेम्बर २२ र ओमानसँग सेप्टेम्बर २४ मा खेल्ने तालिका रहेको छ ।
नेपालले लिग-२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।
सम्बन्धित समाचार
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
