• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष ०८, २०८२
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक

सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

कक्षा १२ को परीक्षा फाराम खुल्यो

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ४. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ९. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • १०. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

२०८१ असोज ०५ गते देखि ११ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा कालो हो । कुन शुभकर्म गर्नु पूर्व माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । यात्रामा झन्झट आइलाग्नेछ । बोल्दा निकै विचार पुर्याउनुहोला । साथीसँग रमाइलो भेटघाट हुनेछ तर झगडा पनि हुन सक्छ, सतर्क हुनुहोला । साताको मध्यबाट लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता आस मारेको काम बन्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । शुभ समाचार सुन्न पाइनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । तीर्थाटनको योग पनि छ । यो साताका लागि शुभ अङ्क १, र शुभ रङ्ग गुलाबी वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता रमाइलो यात्राको योग रहेको छ । परीक्षामा सफलता पनि मिल्नसक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम जीवन सुखद् नै रहनेछ । वाहन लाभ पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग आकाशे पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । सामान हराउने वा चोरी हुने भय छ । आर्थिक कारोबारमा मन्दी आउला । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय पनि छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गरि लगानी गर्ने समय आएको छ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता चिताएको कामले तीव्रता लिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता घरायसी समस्या बढ्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । बुधवारबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारको लगानीले पछि राम्रो हुनसक्छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको पूजा गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । धार्मिक यात्राको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शन गरि यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता छोटो दुरीको लाभदायक यात्रा हुनेछ । परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । (अधिक जानकारीका लागि 977-9849559502)

– ज्यो.प. नारायणप्रसाद दुलाल

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक

    डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

    पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक
    • डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
    • पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक
    • सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.