रौतहटबाट पहिलो पटक गैरआवासिय नेपाली नागरिकता
जानकारी केन्द्र
२०८१, आश्विन, ८
रौतहट । रौतहट स्थित जिल्ला प्रशासन कार्यालय गौरले पहिलो पटक एकजना गैरआवासिय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमवार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई सिडियो हिरालाल रेग्मीले गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।
फकरुदिन अलिअहमद शेखले रौतहटको गढिमाई नगरपालिका ३ साविक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरि गैर आवासिय नागरिकता प्रमाणपत्र लिएका छन् । नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैर आवासिय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन्।
प्रशासनबाट सहजरुपमा गैर आवासिय नेपाली नागरिकता प्राप्त भएपछी जर्मनी नागरिक अली खुसी संगै आभार प्रकट गरेका थिए ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

