चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात
काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कमा आज “चाड पर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियान २०८१” को सुरुवात भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले अभियानको उद्घाटन गरेकी हुन् । उद्घाटन पश्चात कार्यक्रममा बोल्दै प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गरेर सुरक्षित पर्व मनाउन सकिने कुरामा जोड दिइन् ।
अभियान अन्तर्गत यात्रु सहायता कक्ष संचालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दुरीका चालकहरुलाई सम्मान कार्यक्रम र नो भोइलेसन नो पेनाल्टी लेखिएका स्टिकर टासेर कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कानुन विपरीत कार्य गर्ने सबैलाई निर्ममता पुर्वक कारवाही गरिने बताए ।कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई थान मोटरसाईकल हस्तान्तरण गरे ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले चाड पर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरीएको र यात्रामा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्वराज खड्काले हामी सबै चालक एवं सडक प्रयोगकर्ताले सडक र सवारी नियम पालना गरे मात्र यात्रा सुरक्षित रहने र सडकमा ट्राफिक प्रहरीको परिश्रम हाम्रै लागि हो भन्ने मनन गर्दै ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रह समेत गरे ।
यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले सार्वजनिक यातायात क्षेत्रमा अनुशासनलाई मात्रै ध्यान दिन सके धेरैकुरामा सुधार आउने बताए । कार्यक्रमकै अवसरमा ७ जना उत्कृष्ठ चालक र २ जना परिचालक बस होस्टेजहरुलाई समेत सम्मान गरीएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्वराज खड्काले जानकारी दिए ।
कार्यक्रममा चालक, यातायात मजदुर, यातायात व्यवसायी,ल्होत्से बहुउदेश्यीय प्रालि र नाडाका प्रमुखहरूले अभियान सफलताको शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा विभिन्न सरकारी,गैरसरकारी संघ संस्थाका प्रतिनिधीहरू तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको समेत उपस्थिती रहेको थियो ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल