रास्वपाले प्रथम महाधिवेसन चितवनमा गर्ने
जानकारी केन्द्र
२०८१, आश्विन, १३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो ।
चितवन रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो । गएको संसदीय निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ जितेको ७ स्थानमध्ये २ स्थान चितवन हो । चितवन-१ मा सभापति रवि लामिछाने निर्वाचित हुँदा २ बाट नेता हरि ढकाल भारी मतका साथ निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
