दाउन्ने सडक आजराती बन्द हुने
काठमाडौँ । नारायणघाट बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक आजराती बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आजराती १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो ।
प्रशासनले भनेको छ- ‘दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व-पश्चिम राजमार्गको सडकखण्डमा अविरल वर्षाले सडक ‘रिटेनिङ वाल’ भत्किएको, करिब ४ मिटर सडक भासिएको साथै विद्युत प्रसारणको ‘हाई टेन्सन टावर’ समेत ढलेको कारणबाट पूर्ण रुपमा यातायात सेवा अवरुद्ध हुन गएकोमा मिति २०८१।०६।१५ गते विहान ०८:४५ बजेदेखि यातायात संचालनमा आए तापनि सडक मर्मत गरी सहज रुपमा यातायात संचालनमा ल्याउने प्रयोजनका लागि यही मिति २०८१ । ०६ । १५ गते राति १०:०० बजेदेखि मिति २०८१।०६।१६ गते विहान ०५:०० बजेसम्मका लागि बर्दघाट बजारदेखि जिल्लाको पूर्वी सीमाक्षेत्र दाउन्ने बजारसम्म यातायातका अत्यावश्यक बाहेकका सम्पूर्ण साधनहरु संचालनमा रोक लगाइएकोले यो सूचना जारी गरिएको छ ।’

सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
