बाढीले घाट घर बगाएपछि स्थानीयहरुमा चित्तासहित वेपत्ता वनेका शवहरुको सम्झना !
महोत्तरी । २०६० सालतिर महोत्तरीस्थित साविकको खयरमारा-३ का युक्ति ढकालको मृत्यु भएपछी घाटमा चित्ता राखेर जलाउन ठिक वनाउदा एक्कासी आएको बाढीले शव नै वेपत्ता वनाएको गाँउलेहरूले अझै बिर्सन सकेका छैनन ।
२०७८ सालमा समेत गाँउ कै एक जना विकको शव वगाउदासम्म दाहसंस्कार नै नगरी बाढीले एक दर्जन भन्दा बढी शवलाई निलेको रेकर्ड छ । भालुजोरा खोला र टुटेश्वर खोलाको दोभानमा रहेको यो घाटमा दाहसंस्कारको लागि लैजादा वगाउने क्रम निरन्तर चलेपछि २०८० सालमा स्थानियहरुले आफै तटवन्धन लगाएर एउटा घाट घर वनाएका थिए ।तर केहीदिन अगाडी आएको बाढीले यसलाई पूर्णरुपमा क्षतिग्रस्त वनायो भने तटवन्धन लगाएका ठाँउहरु वगाएर बगरमा परिणत भए ।टुटेश्वर मन्दिरवाट ५ सय मिटरमाथी रहेको यो घाटलाई बर्दिवास-१०, ११ र ५ का झन्डै ११ हजार जनसंख्याले प्रयोग गर्ने गर्दछन् ।
त्यसैले वाढीले चित्तासहित निलेको आफन्तहरुको शवलाई आँखै अगाडी देखेका स्थानीयहरू उँही पुरानो नियति दोहोरिने चिन्ताले अहिले सरोकारवालाहरुसँग सहयोगको अपिल गरिरहेका छन् ।
‘हिन्दु परम्पराअनुसार दांहसंस्कार अनिवार्य हो तर घाट नै असुरक्षित भएपछी चित्तामा राखेको शवलाई नै खोलाले वेपत्ता वनाउछ भने त्यो भन्दा नराम्रो के हुन् सक्ला र ?’ स्थानीय विष्णुदेव भण्डारीले प्रतिप्रश्न गर्दै भने । ‘स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकारले यसमा गम्भीर ध्यान देओस ।’
२०८० साल फाल्गुनमा बिष्णुदेव उपाध्यायको संयोजकत्वमा स्थानियहरुले चन्दा उठाएको १२ लाख र प्रदेश सरकारले दिएको १५ लाख गरी २७ लाखमा वनाएका २ वटा घाट घर र तटवन्धन क्षणभरमा नै क्षतिग्रस्त वने ।यसरी एक बर्ष पनि नपुग्दै क्षतिग्रस्त वनेपछि पुन:निर्माण कसरि गर्ने भन्ने स्थानियहरुमा थप चिन्ता थपिएको हो ।
वडा नं.११ का लक्ष्मी प्रसाद चौलागाँई अव पुन: स्थानियहरुको नै चन्दावाट निर्माण सम्भव नभएको वताउछ्न । ‘स्थानियहरुले पहिले जसरी नै उठाएर वनाउन सकिने अवस्था छैन यसको लागि सरकारले हामरो समस्यालाई महसुस गरिदेओस ।’ चौलागाईले भने । ‘नत्र त्रास-त्रासमा नै वाच्नुपर्ने अवस्था रहन्छ ।’वडा नं १० का पुर्व अध्यक्ष धनलाल श्रेष्ठ पनि परम्पराअनुसार चल्दै आएको दांहसंस्कारलाई ढुक्क हुने वातावरण सिर्जना गरिदिन सरोकारवालाहरुलाई आग्रह गर्दछन । वैकल्पित घाट पनि नभएको हुनाले पुन: निर्माण अविलम्ब हुनुपर्ने उन्को भनाई छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल