Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

संग्रिला मोटर्रले भित्रायो लिपमोटर सि १० ईलेक्ट्रिक कार,

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, १८
संग्रिला मोटर्रले भित्रायो लिपमोटर सि १० ईलेक्ट्रिक कार,

काठमान्डौँ । नेपालि बजारमा लिपमोटर गाडिको आधिकारिक बितरक संग्रिला मोटर्सले लिपमोटर सि १० इलेक्ट्रिक कार भित्राएको छ ।
यो कारमा १६० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ । कारमा ४७३९एमएम लम्बाई ,१९०० एमएम चौडाई र १६८० किलोमिटर उचाई रहेको यस लिपमोटर सि ३ कारमा ह्लिबेस भने २८२५ पाउन सकिने छ । त्यस्तै गरि २१७.५ पिएसको म्याक्स पावर र ३२० एनएमको म्याक्स टर्क यस इलेक्ट्रिक कारमा पाउन सकिने छ ।

आर.डब्लु डि टाईप रहेको यस लिपमोटर सि १० कारको टप स्पिड प्रति घण्टा १७० किलोमिटर रहेकोेछ भने ब्याट्रि टाएप र ब्याट्रिको क्यापासिटिको कुरा गर्नुपर्दा लिथियम आइरोनको फोस्फेट ब्याट्रि साथै ब्याट्रि टाइप ६९.९ किलोवाटको रहने कम्पनिले जनाएको छ । १९० किलोमिटरको ग्राउन्ड क्लियरेन्स यस लिपमोटर सि ३ कारमा पाउन सकिने छ । कारमा ७.२ किलोवाटको एसि चार्जर मार्फत फुल चार्ज हुन १० घण्टा लाग्ने छ भने डिसि फास्ट चार्जरबाट ३०% देखि ८० % चार्ज हुन ३० मिनेट लाग्ने छ ।

५ सिटिङ क्यापासिटि रहेको यस लिपमोटर कारको टायर २३५/५५ आर २० रहेको बताईएको छ । कम्पनिका अनुसार यस ईलेक्ट्रिक कारमा सेफ्टि सिस्टममा एयर ब्याग्स,एबिएस, एल २ एडिएएस, ३६० डिग्रिको क्यामेरा र ५–स्टार ई.एन.सि.एपि रहने छ । म्याकफर्सन स्ट्रट र रियर मल्टि–लिंकको सस्पेन्सन यसमा जडान गरिएको छ । लिपमोटर गाडिको जम्मा तौल १९६५ रहको र कारको मुल्य रु.६९,९९,००० तोकिएको कम्पनिले बताएकोे छ । साथै यो कार हल्का खैरो,गाढा खैरो,हरियो,सेतो कलरमा पाउन सकिनछ ।

Top Changing Nepal

युट्युब सट्स