ब्राउन सुगरसहित बाराबाट दुई जना पक्राउ
जानकारी केन्द्र
२०८१, आश्विन, १८
बारा । ब्राउन सुगरसहित बाराबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ना २२ प ९९९४ नम्बरको मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका ३१ बस्ने वर्ष १८ का साविर अंसारी र पछाडि सवार वडा नम्बर २१ बस्ने वर्ष ५८ का वीरेन्द्र साह रहेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कार्यालय शाखा वीरगञ्ज र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले बारा जीतपुर सिमरा उपमहानगरपालिका ७ स्थित रहेको बैदेही पेट्रोल पम्प नजिक चेक जाच गर्ने क्रममा दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १० ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सापकोटाले बताए ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

