भक्तपुरलाई न्युरोड, ठमेल भन्दा उत्कृष्ट बनाएरै छोड्ने महेश बस्नेतको उद्घोष
भक्तपुर । नेकपा ९एमाले० को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको विकासको मेरुदण्डको रुपमा रहेको चारवटा ड्रिम प्रोजेक्टहरु सफल बनाएरै छाड्ने उद्घोष गरेका छन् । शनिबार भक्तपुर निर्माण व्यवसायी संघको साधारण सभालाई सम्बोधन गर्दै उनले भक्तपुरमा आगामी निर्वाचन पश्चात पुनः एमालेको नेतृत्व आएसँगै अन्तर्राष्ट्रिय रंगशाला, स्मार्ट सिटी, कर्वोड हल तथा अन्तर्राष्ट्रिय सभागृह बनाएरै छाड्ने प्रतिवद्धता जनाएका हुन्।
आफु निर्वाचित भएको समयमा प्रकृया अगाडी बढाए पनि केही विकास विरोधी तत्वहरुका कारण ति तीन वटा आयोजनाहरु निर्माणको प्रकृयामा ढिलाई भएता पनि आगामी दिनमा एमालेको नेतृत्व आएसँगै पुनः निर्माण प्रकृया अगाडी बढ्ने विश्वास व्यक्त गरे। उक्त प्रोजेक्टहरु निर्माण भएमा भक्तपुरको आर्थिक, सामाजिक, व्यवसायीक तथा रोजगारीको अवसर पर्याप्त मात्रामा हुने उनको भनाई छ ।एमाले भक्तपुर जिल्लाको इन्चार्ज समेत रहेका नेता बस्नेतले विगत १०–१५ वर्ष अघि भक्तपुरको विकासलाई उत्तर कोरियासँग तुलनाहरुलाई अहिले दक्षिण कोरियासँग तुलना गर्ने अवस्था बनाएको दावी गरे । ्
नेता बस्नेतले भक्तपुरमा व्यवस्था परिवर्तनसँगै जनताको अवस्था समेत चमत्कारिक ढंगले परिवर्तन गरेको उल्लेख गरे। एमालेको नेतृत्वमा भक्तपुरको विकासलाई डाटामा देख्न सक्ने गरी तथ्यगत रुपमा प्रमाणीत गरेको स्मरण गर्दै उनले आगामी अन्तर्राष्ट्रिय रंगशाला, स्मार्ट सिटी, कर्वोड हल तथा अन्तर्राष्ट्रिय सभागृह बनाएरै छाड्ने उद्घोष गरे ।
रोजगार, व्यापार व्यवसायको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै काठमाडौँका मान्छेले राधेराधेतिर आएर ब्राण्डेड पसल खुल्न थालेको दाबी गरे। पर्यटकीय क्षेत्रको विकास, घ्याम्पेडाँडा, नगरकोट, दिव्येश्वरी प्लानिङलगायतका भक्तपुर पहिचान बन्न सफल भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा एमालेको नेतृत्व आएसँगै भक्तपुरलाई काठमाडौँकोे न्युरोड, ठमेल, बानेश्वरलगायतका क्षेत्र भन्दा उत्कृष्ट बनाउने योजना प्रस्तुत गरे।
उनले भने, ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएको छैन भन्नेलाई बुझाउन जरुरी छ । अवस्था नाटकीय ढंगले परिवर्तन भएको छ । विगत १५ वर्ष अघि भक्तपुर आउन बाटो र त्यो समयको अवस्था सम्झीयौं भने र अहिलेको सडक तुलना गरे त्यसको प्रष्ट भइहाल्छ । भक्तपुरमा जग्गा किन्नुस् न भन्यो भने त्यो त उत्तर कोरियो हो भन्ने गर्थे । अहिले नेपालकै नमुना बनेको छ । नेपालभरकै सवैभन्दा बढी जनसंख्या वृद्धि भएको जिल्ला बनेको छ । तसर्थः तर्कलाई तथ्यले प्रमाणीत गरिसकेको छ । जनताको अवस्था चमत्कारिक परिवर्तन भएको छ, त्यो हाम्रो नेतृत्वमा भएको हो । सवैको आकर्षणको केन्द्र बनेको छ । पर्यटन, व्यवसायीक, आधुनिक सहर, सडक, ढल, शिक्षा, स्वास्थ्य लगायतका क्षत्रेमा आमुल परिवर्तन गरेका छौं । तसर्थः भक्तपुर उत्तर कोरिया जस्तै हो भन्नेलाई हामीले दक्षिण कोरिया जस्तै बनेको प्रमाणीत गरेर हामीले देखाइदियौं ।’
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
