क्षमायाचना गरि माफी मागेपछि ७ दिनमा जेलमुक्त भए सीधाकुराका प्रकाशक र सम्पादक
काठमाडौं । सीधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना रिहा भएका छन् । ७ दिन कारागार बसेपछि उनीहरु आज छुटेका हुन् ।अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका यी दुई केन्द्रीय कारागारमा सजायँ काटेर आज बिहान थुनामुक्त भएका हुन् । ‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण÷प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरुलाई जेल सजायको फैसला भएको थियो ।
समाचार भनिएको उक्त अडियोको बास्तविकता परीक्षण नगरी न्यायिक प्रक्रियामा अफवाह फैलाउने कार्य गरेको हुनाले कँडेल र ढुंगानालाई जनही तीन महिना कैद सजाय हुने अदालतको ठहर थियो ।
तर, पत्रकारद्वयले क्षमायाचना गरी पुनः त्यस्तो गल्ति नदोहोर्याउने लिखित प्रतिबद्धता गरेमा सात दिनमात्र थुनामा राखी बाँकी कैद मिनाहा गरिदिने अदालतको आदेश बमोजिम उनीहरु माफि मागेर एक हप्तामा छुटेका हुन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
