Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

नयाँ सिलिन्डर बिक्री गर्न र साट्न नपाउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, २१

नेपाल आयल निगमले प्रमाणकिरणमा नपरेका नयाँ सिलिन्डरको बिक्री वितरण गर्न र साट्न नपाउने व्यवस्था लागू गर्ने तयारी गरेको छ। प्रमाणीकरण भएका सिलिन्डर मात्र बिक्री गर्न पाउने र साट्न पाउने (बजारीकरण) व्यवस्था निगमले लागू गर्दैछ।

नाकाबन्दीको समयमा उद्योगीले प्रमाणीकरण बिना नै ठूलो परिणाममा सिलिन्डर थप गरेका कारण बजारमा सिलिन्डरको अभाव भएको भन्दै निगमले प्रमाणीकरण बाहेकका कुनै पनि सिलिन्डर बजारमा आउन नदिने व्यवस्था गर्न लागेको हो।

नाकाबन्दीको समयमा ग्यासको अभाव हुँदा नयाँ सिलिन्डरका कारण घरघरमा ठूलो परिणाममा नयाँ सिलिन्डर थन्किएको विश्लेषण गर्दै निगमले नयाँ सिलिन्डर बिक्री गर्न र साट्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।

– अन्नपूर्ण पोष्ट

 

Top Changing Nepal

युट्युब सट्स