कालिकोट जिप दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो
जानकारी केन्द्र
२०८१, कार्तिक, २५
सुर्खेत । कालीकोटको पलाँता गाउँपालिका-३ को राडीनेटामा भएको जिप दुर्घनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमा सुर्खेत ल्याइएको छ । दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरबाट उपचारका लागि सुर्खेत ल्याइएको हो । घाइतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि ल्याइएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कालिकोटको पलाँता गाउँपालिकाको थिर्पुदेखि राम्नाकोट जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप राडीनेटामा दुर्घटना भएको थियो । जिप करिब २ सय मिटर तल खसेको र दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

