नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक बन्द
जानकारी केन्द्र
२०८१, कार्तिक, २९
काठमाडौँ । नागढुंगादेखि सिस्नेखोला सडकखण्ड आजबाट आंशिक रुपमा बन्द भएको छ ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार आगामी मंसिर ५ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने भएको हो ।धादिङतर्फ सुरुङको मुखमा स्लोप कटिङको काम गर्नुपर्ने भएकाले उक्त अवधिभर उक्त सडकखण्ड आंशिक रुपमा बन्द रहने आयोजनाले जानकारी दिएको छ ।
सुरुङ मार्ग अगाडिको सय मिटर क्षेत्रमा स्लोप कटिङको काम हुने भएकाले तोकिएको समयभरि २० मिनेट दुईतर्फी सडक बन्द रहने, फेरि २० मिनेट खोल्दै काम गरिने आयोजनाले बताएको छ । साथै आयोजनाले यसक्रममा सवारी साधन रोक्दा र चलाउदा लेन अनुशासन कायम राख्न अनुरोध गर्दै मिलेसम्म सो समयमा वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
