चाङगन नेभो इ ०७ ईलेक्ट्रिक एसयुभि कार पिकअप फंक्सन सहित भित्राउने तयारि
मौसम गौतम / काठमाडौँ । एम ए डब्लु बृद्धि अटोकर्पले नेपाली बजारमा पिक अप फंक्सन भएको चाङगन नेभो इ ०७ ईलेक्ट्रिक एस यु भि कार भित्राउने तयारी गरिरहेको छ ।
यस गाडिको स्पेसिफिकेसन सम्बन्धि कुरा गर्दा यसमा २५२ किलोवाटको पि.एम.एस.एमको इन्जिन रहने छ । त्यस्तै गरि डिमेन्सन भने ५०४५ एमएमको लम्बाई १९९६ एमएमको चौडाई र १६४० एमएमको उचाई रहने छ । यस कारको ह्विलवेस ३१२० एमएम, म्याक्स पावर ३४२.६ पि.एस र म्याक्स टर्क एन/ए रहने कम्पनिले बताएको छ । आर डब्लु डि ड्राईभ टाईप पाउन सकिने यस चाङगन नेभो इ ०७ ईलेक्ट्रिक कारको टप स्पिड प्रति घण्टा १८० किलोमिटर रहेको छ ।
कारको ब्याट्रि क्यापासिटि ७० देखि ९० किलोवाट टर्नरी रहेको साथै यस कारले ५५१ किलोमिटर देखि ६५१ किलोमिटर सम्म रेन्ज दिने कम्पनिले जनाएको छ । २० इन्चको टायर साईज रहेको यस कारको ग्राउन्ड क्लियरेन्स म्याक्स २०७ एमएम रहने कम्पनिले जनाएको छ । कारमा एडजस्टेबल एयर सस्पेन्सन जडान गरिएको हुनेछ ।
५ सिटर क्यापासिटि रहने यस कारमा सेफ्टि सिस्टमको कुरा गर्दा लेबल २ प्लस एटोनोमस ड्राईभिङ, मल्टिपल एयरब्याग्स, एडेप्टेबल क्रुज कन्ट्रोल, लेन किपिङ, असिस्ट,कलिसियन वारनिङ आदि रहने छ । यस चाङगन नेभो इ ०७ ईलेक्ट्रिक एस यु भि कार कालो,सेतो,निलो र ग्रे कलरमा उपलब्ध रहनेछ भने कारको स्टोरेज क्यापासिटि ५०० लिटर साथै तौल २३२५ केजि रहने कम्पनिले बताएको छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
