एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने
जानकारी केन्द्र
२०८१, कार्तिक, ३०
काठमाडौँ । विश्वकपमा छनौट भएको नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने भएका छन् ।
आठ फ्रेन्चाइजीले शुक्रबार नेपाली यू-१९ महिला टिमलाई १० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाली महिला यू-१९ टिमले युएईलाई पराजित गर्दै पहिलो पटक विश्वकपमा छनौट भएर इतिहास बनाएको थियो ।
आगामी मङ्सिर १५ देखि शुरु हुने एनपीएलमा बिराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लाइन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सगरी आठ फ्रेन्चाइजीले भाग लिदै छन् ।
विश्वकपमा छनौट नेपाली यू-१९ महिला टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि जनही साढे २ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

