झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या, एक पक्राउ
जानकारी केन्द्र
२०८१, मंसिर, २
झापा । झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मानकुमार राजवंशी छन्।
शनिबार राति सवा ९ बजे छिमेकी ४५ वर्षीय गंगालाल माझीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।
टाउकोमा रड प्रहार गरिएका माझीलाई राति नै बिएन्डसी अस्पताल विर्तामोड पुर्याइएकोमा उनको मृत्यु भएको थियो। घटना जानकारीमा आउनेवित्तिकै खटिएको प्रहरी टोलीले राजवंशीलाई फलामको रडसहित पक्राउ गरेको केसीले बताए।
घटनाको कारण पुरानो ‘रिसिइबी’ रहेको खुलेको छ। राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

