Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

रवि लामिछानेविरुद्ध काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २
रवि लामिछानेविरुद्ध काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पनि पक्राउ पुर्जी जारी गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएसँगै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धानको बाटो खुलेको छ।

यस सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

Top Changing Nepal

युट्युब सट्स