कर छलेको आरोपमा पथरीको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी
काठमाडौं । मोरङ पथरी शनिश्चरे नगरपालिका-१ मा रहेको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ। लामो समयदेखि सञ्चालित उक्त स्टोरले करोडौं रकम राजश्व रकम चुहावट गरेको कसुरमा विभागमा उजुरी परेको हो ।
उक्त फर्मले सामग्री बिक्री वितरण गर्दा भ्याट बिल नकाटेर राजश्व छलेको कसुर उजुरीकर्ताले लगाएका छन्। सुरूमा उक्त स्टोरले स्टिमेट बिलसमेत नदिई खेस्रा बिल दिने गरेको र इन्भ्वाइस माग्दा पान बिल दिने गरेको पाइएको छ।
पान बिल अहिले प्रयोगमा छैन। हरेक व्यापारिक फर्मलाई मूल्य अभिवृद्धि कर (भ्याट) बिल बिजक अनिवार्य गरिएकोमा उक्त स्टोरले बेवास्ता गर्दै आएको छ।
यसरी वर्षौंदेखि बिल बिजक अनिवार्य नकाट्दा उक्त स्टोरले करोडौं राजश्व ठगेको र उक्त स्टोरको बिजकबारे अनुसन्धान, आयकर छलीबारे अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ। उक्त स्टोरमा सामग्री ढुवानी गर्दा भेइकल कन्सान्टमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) मा रहे-नरहेको समेत अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ।
शिव क्लोथमा लत्ताकपडा तथा घरायसी प्रयोजनमा प्रयोग हुने सामग्रीहरू बिक्री वितरण हुने गरेको छ। उक्त स्टोरमा अत्यधिक महंगो दरमा सामग्रीहरू बिक्री हुने गरेको उपभोक्ताको गुनासो छ।
तीन तलासम्म उक्त स्टोरमा करोडौंका सामग्रीहरू स्टक गरिएको छ। त्यो स्टक सामग्रीको कानुनी प्रक्रिया परीक्षणसमेत गर्न उजुरीमा माग गरिएको छ।विभागका एक अधिकारीले शिव क्लोथ स्टोरविरूद्ध उजुरी परेको र यसबारे छानबिन थालिएको बताए।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
