हिरो जुम ११० एल.एक्स स्कुटरको मुल्य सहित सम्पर्ण जानकारी
जानकारी केन्द्र
२०८१, मंसिर, ५
काठमाडौँ । नेपालमा हिरो मोटोकर्पको आधिकारीक वितरक सिजि मोटर्सले हिरो जुम ११० एल.एक्स सार्वजनिक गरेको हो । हिरो जुम नयाँ डिजाईन र ब्यवहारिक सुविधाहरु सहितको स्कुटर हुने छ । यसको स्पेसिफिकेसन सम्बन्धि कुरा गर्दा १५५ एमएम मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको यस स्कुटरको इन्जिन सिङगल सेलेन्डर, एयर कुल्ड, ४–स्ट्रोक र एस आई इन्जिन रहेको छ । त्यस्तै गरेर स्कुटरको म्याक्स पावर र म्याक्स टर्कको कुरा गर्नुपर्दा म्याक्स पावर ८ पि.एसका साथै ७२५० आर.पि.एम र म्याक्स टर्क ८.७० एन.एमका साथै ५७५० आर.पि.एम रहेको कम्पनिले बताएको छ ।
यस हिरो जुम ११० एलएक्स ईलेक्ट्रिक स्कुटरको टप स्पिड प्रति घण्टा ८७ किलोमिटर र यसले प्रति लिटर ४५ देखि ५० किलोमिटर माईलेज दिने पनि कम्पनिले बताएको छ । सिजि मोटर्सले भित्राएको यस स्कुटरमा अगाडिको टायर ९०/९०–१२ र पछाडिको टायर ११०/८०–१२ गरि दुईटा टायर डिस्क र ड्रम पाउन सकिन्छ । १३०० एमएम ह्विलवेश रहेको यस स्कुटरको जम्मा तौल १०९ केजि साथै ७७० एमएमको सिट हाईट पाउन सकिने कम्पनिले बताएको छ ।
५.२ लिटर तेल भण्डारण क्षमता भएको यस हिरो जुम ११० एल.एक्स स्कुटरको मुल्यको कुरा गर्दा रु.२ लाख ५२ हजार ९०० देखि रु.२ लाख ६२ हजार ९०० रहको कम्पनिले बताएको छ । स्कुटरको सस्पेन्सन सेटअपको कुरा गर्दा टेलिस्कोपिक हाइड्रोलिक शक अवशोवर र स्प्रिङ लोडेड हाइड्रोलिक डम्पर रहेको छ । कालो, म्याट अब्राक्स ओरेन्ज, स्पोर्ट्स रेड, पलिएस्टर ब्लू, र पर्ल सिल्भर सेतो कलरमा स्कुटर उपलब्ध रहेको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल