हिरो जुम ११० एल.एक्स स्कुटरको मुल्य सहित सम्पर्ण जानकारी
जानकारी केन्द्र / मौसम गौतम
२०८१, मंसिर, ५
काठमाडौँ । नेपालमा हिरो मोटोकर्पको आधिकारीक वितरक सिजि मोटर्सले हिरो जुम ११० एल.एक्स सार्वजनिक गरेको हो । हिरो जुम नयाँ डिजाईन र ब्यवहारिक सुविधाहरु सहितको स्कुटर हुने छ । यसको स्पेसिफिकेसन सम्बन्धि कुरा गर्दा १५५ एमएम मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको यस स्कुटरको इन्जिन सिङगल सेलेन्डर, एयर कुल्ड, ४–स्ट्रोक र एस आई इन्जिन रहेको छ । त्यस्तै गरेर स्कुटरको म्याक्स पावर र म्याक्स टर्कको कुरा गर्नुपर्दा म्याक्स पावर ८ पि.एसका साथै ७२५० आर.पि.एम र म्याक्स टर्क ८.७० एन.एमका साथै ५७५० आर.पि.एम रहेको कम्पनिले बताएको छ ।
यस हिरो जुम ११० एलएक्स ईलेक्ट्रिक स्कुटरको टप स्पिड प्रति घण्टा ८७ किलोमिटर र यसले प्रति लिटर ४५ देखि ५० किलोमिटर माईलेज दिने पनि कम्पनिले बताएको छ । सिजि मोटर्सले भित्राएको यस स्कुटरमा अगाडिको टायर ९०/९०–१२ र पछाडिको टायर ११०/८०–१२ गरि दुईटा टायर डिस्क र ड्रम पाउन सकिन्छ । १३०० एमएम ह्विलवेश रहेको यस स्कुटरको जम्मा तौल १०९ केजि साथै ७७० एमएमको सिट हाईट पाउन सकिने कम्पनिले बताएको छ ।
५.२ लिटर तेल भण्डारण क्षमता भएको यस हिरो जुम ११० एल.एक्स स्कुटरको मुल्यको कुरा गर्दा रु.२ लाख ५२ हजार ९०० देखि रु.२ लाख ६२ हजार ९०० रहको कम्पनिले बताएको छ । स्कुटरको सस्पेन्सन सेटअपको कुरा गर्दा टेलिस्कोपिक हाइड्रोलिक शक अवशोवर र स्प्रिङ लोडेड हाइड्रोलिक डम्पर रहेको छ । कालो, म्याट अब्राक्स ओरेन्ज, स्पोर्ट्स रेड, पलिएस्टर ब्लू, र पर्ल सिल्भर सेतो कलरमा स्कुटर उपलब्ध रहेको छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
