बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
ढाका। बंगलादेश इस्कॉनसँग सम्बद्ध धार्मिक नेता चिन्मय कृष्ण दास प्रभुको रिहाइको लागि देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीले ढाका, चडगाउँ र दिनाजपुरमा सडक अवरुद्ध गरेका थिए र प्रभुको शीघ्र रिहाइको माग गर्दै नाराबाजीसमेत गरेका थिए ।
समाचार अनुसार चिन्मय दास प्रभु विरुद्ध देशद्रोह र साम्प्रदायिक सद्भाव भंग गरेको आरोपमा मुद्दा चलिरहेको छ ।
ढाकाको शाहबागमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि केही व्यक्तिले लाठी प्रहार गरेका छन् । यस हमलामा २० जनाभन्दा बढी घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ । हिन्दूमाथि आक्रमण भएको ठाउँ शाहबाग प्रहरी चौकीबाट मात्र ३० मिटर टाढा छ ।
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि कट्टरपन्थीले आक्रमण गर्दा प्रशासन र प्रहरीले रोक्न कुनै पहल नगरेको बताइएको छ ।
बंगलादेश प्रहरीले चिन्मय कृष्णदास ब्रह्मचारीलाई सोमबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरु चटगाउँ जाँदै थिए । घटनास्थलमा उपस्थित इस्कोन सदस्यका अनुसार प्रहरीले कुनै पनि पक्राउ पूर्जी देखाएको छैन। उनीहरुले बोल्न चाहेको मात्रै बताए । त्यसपछि उनीहरुले उनलाई माइक्रोबसमा लगेका थिए ।
प्रहरीको आग्रहमा चिन्मय कृष्ण दासलाई पक्राउ गरिएको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखा (डिबी) का अतिरिक्त प्रहरी आयुक्त रेजउल करीम मल्लिकले जानकारी दिए । चिन्मय दासलाई कानुनी प्रक्रियाका लागि सम्बन्धित प्रहरी चौकीमा बुझाइनेछ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
