क्रिकेटः एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, केन्द्रीय सदस्य दिवाकर घले लगायतले उनीहरूलाइ बिदाइ गरेका हुन् ।
एसिया कप मंसिर १४ देखि २३ सम्म युएईमा हुँदैछ ।
समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्ने कार्यतालिका रहेकाे छ ।
क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।
टोलीका मुख्य प्रशिक्षक गाैचन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने जानकारी दिए । ‘छोटो समयको अभ्यास भए पनि टोली सन्तुलित रहेकाे छ, मैदानमा उत्रिएपछि नतिजा के हुन्छ भन्न सकिँदैन, तर हामी उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेका छौं,’ गौचनले भने ।
नेपाली टोली
हेमन्त धामी(कप्तान), आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल (उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
