काठमाडौंको बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
जानकारी केन्द्र
२०८१, मंसिर, १२
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा मंगलबार साझ मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई बा प्र ०२–०४४–१८७८ नम्बरको मोटरसाइकलसमेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार दुई जना र एक जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
