मलेसियामा औपचारिक रुपमा डोङफेङ बक्स ईभी लन्च
काठमाडौँ । मलेसियामा औपचारिक रुपमा डोङफेङ बक्स ईभी लन्च भएको छ । सन् २०२२ देखि इलेक्ट्रिक कमर्सियल भ्यान ईसी ३५ उपलब्ध भएको भए पनि सामान्य ग्राहकका लागि भने पहिलो ईभीको रुपमा यो गाडी हाल उपलब्ध भएको हो ।
डोङफेङ बक्स ई २ र ई ३ गरी दुई भेरिएन्टमा उपलब्ध हुने सो गाडीको मूल्य १ लाख ७ सय र १ लाख १३ हजार ७ सय आरएम छ । त्यसैगरी ह्वाइट अप्सनको मूल्य भने १ लाख १५ हजार ७ सय आरएम छ । डोङफेङ बक्स ईभीलाई नामी ०१ ईभी पनि भनिन्छ, जुन नेपाली बजारमा समेत उपलब्ध छ । नेपाली बजारमा नामी ई १, ई २ र ई ३ गरी तीन भेरिएन्टमा यो गाडी उपलब्ध छ ।
ई२ र ई ३ भेरिएन्टमा रहेको मुख्य फरक भनेको यसको ब्याट्री प्याक हो । ई २ मा ३१.४५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले ३३० किलोमिटरको सीएलटीसी रेन्ज दिन्छ । त्यसैगरी ई ३ मा ४२.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटरको सीएलटीसी रेन्ज दिन्छ । दुवै भर्सनको डोङफेङ बक्स गाडीमा ७० किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ, जसले १६० एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पिड १४० किलोमिटर प्रतिघण्टा छ ।
यी दुई भर्सनमा भएको अर्को फरक भनेको यसको चार्जिङ क्षमता हो । ई ३ को माथिल्लो भेरिएन्टमा स्ट्यान्डर्ड ६.६ किलोवाटको एसी अनबोर्ड चार्जर र तल्लो भेरिएन्टमा ३।३ किलोवाटको चार्जर उपलब्ध हुन्छ । डीसी चार्जिङ स्पिडमा पनि केही फरक छ । दुवै भेरिएन्टलाई ३० मिनेटमा ३० प्रतिशत देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले दावी गरेको छ । त्यसैगरी ई ३ मा लेवल २ अटोनोमस ड्राइभिङ सहितको एडास फिचर छ भने ई २ मा एडेप्टिभ क्रुज कन्ट्रोल रहेको छ ।
दुवै भेरिएन्टमा अटोमेटिक पार्किङ, १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिन, दुई एयरब्याग, वायरलेस फोन चार्जर लगायतका विशेषता रहेका छन् ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
