Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

रौतहटका दुई वडामा कांग्रेस, एउटामा समाजवादी विजयी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, १७
रौतहटका दुई वडामा कांग्रेस, एउटामा समाजवादी विजयी

रौतहट । तहको उपनिर्वाचनमा रौतहटका दुई वडामा कांग्रेस र एउटा वडामा एकीकृत नेकपा समाजवादी विजयी भएका छन्। गढिमाई नगरपालिका-८ मा समाजवादी उम्मेदवार बजरंगीप्रसाद यादव निर्वाचित भएका छन्।

सोमवार बिहानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा समाजवादीका उमेदवार यादव २४ मतले वडाध्यक्षमा निर्वाचित भएका हुन्।

उनले ६ सय ५५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार जिउतीदेवी यादवले ६ सय ३१ मत प्राप्त गरिन्।

त्यस्तै, तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार सुबोधकुमार यादवले कुल ६ सय १७ मत पाएका छन्।

यस्तै, इशनाथ नगरपालिका-७ मा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्। खलिकले ६२७ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याएका छन्।

यसैगरी, राजपुर नगरपालिका ६ मा नेपाली कांग्रेसका समसे आलम ७४४ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत ल्याएका छन्।

Top Changing Nepal

युट्युब सट्स