रौतहटका दुई वडामा कांग्रेस, एउटामा समाजवादी विजयी
रौतहट । तहको उपनिर्वाचनमा रौतहटका दुई वडामा कांग्रेस र एउटा वडामा एकीकृत नेकपा समाजवादी विजयी भएका छन्। गढिमाई नगरपालिका-८ मा समाजवादी उम्मेदवार बजरंगीप्रसाद यादव निर्वाचित भएका छन्।
सोमवार बिहानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा समाजवादीका उमेदवार यादव २४ मतले वडाध्यक्षमा निर्वाचित भएका हुन्।
उनले ६ सय ५५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार जिउतीदेवी यादवले ६ सय ३१ मत प्राप्त गरिन्।
त्यस्तै, तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार सुबोधकुमार यादवले कुल ६ सय १७ मत पाएका छन्।
यस्तै, इशनाथ नगरपालिका-७ मा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्। खलिकले ६२७ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याएका छन्।
यसैगरी, राजपुर नगरपालिका ६ मा नेपाली कांग्रेसका समसे आलम ७४४ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत ल्याएका छन्।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
