विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकामा सार्वजनिक बिदा हुने
आर . सी . यादव
बारा । गत मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले सार्वजनिक बिदा दिइने भएको छ ।बारा जिल्लाको १६ वटै पालिका प्रमुख ,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको मंसिर ०२ गते बसेको बैठकको निर्णय अनुसार १६ वटै पालिकामा सार्वजनिक बिदा दिइनेछ ।
प्रत्येक पाँच पाँच बर्षमा विश्व प्रसिद्ध गढीमाई मेला बाराको बरियारपुरमा लाग्दै आएको छ ।प्रत्येक पाँच पाँच वर्षमा मेला लाग्ने भएकोले मेलालाई अवलोकन गर्नको लागि बारा जिल्लाका १६ वटै पालिकाहरुले ४ दिन देखि लिएर ५ दिन सम्म स्थानिय चाड पर्व बिदा अन्तर्गत पालिकाहरुमा बिदा दिइने महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताउनु भयो ।
यता विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारे जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानिय चाड पर्व बिदा अन्तर्गत उपमहानगर मातहतका सबै वडा कार्यालय ,सम्पूर्ण कार्यालयहरु ,शैक्षिक संस्थाहरु,संघ संस्थाहरु ,बैंक तथा बित्तीय संस्थाहरु मंसिर २१ गते देखि लिएर २४ गते सम्म बन्द रहने जीतपुरसिमरा उपमहानगरपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
मंसिर ०२ गते बसेको १६ वटै पालिका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृतहरुको बैठकमा गढीमाई मेलालाई सफल तथा ब्यवस्थित रुपमा संचालन ब्यवस्थापन गर्नुको साथै गढीमाई क्षेत्रको पर्यटकीय ,संस्कृतिक बिकास प्रवर्द्धन गर्नको लागि मंसिर २१ गते देखि लिएर २५ गते सम्म अति आवश्यक सेवा बाहेक सम्पूर्ण वडा कार्यालय र बैंक बितिय,शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं पन्चबर्षिय गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले बताए ।
मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाईको बेला मंसिर ३० गते सम्म लाग्ने छ ।शनिवार देखि गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो लाग्न सुरु भएको छ ।बाराका सबै पालिकाले गढीमाई मेला ब्यवस्थापनमा सहयोग गर्ने सहमती समेत भएको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ । यो भन्दा पहिला महागढीमाई नगरपालिकाले मंसिर २१ गते देखि लिएर २५ गते सम्म बिदा रहने बारे सुचना मार्फत नगरबासिलाई जानकारी दिइसकेको छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


