चितवनमा रवि लामिछानेको बयान सुरू,आजै सक्ने प्रयास
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरू भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा रविको बयान आज विहान ९ बजेबाट सुरु भएको हो ।
हिजो अपरान्ह ४ बजेसम्म उनको बयान लिइएको भए पनि नसकिएको भन्दै आज पनि बयान लिइएको हो ।
सहकारी ठगीमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछाने कास्की, रूपन्देही, काठमाडौं हुदैँ चितवनमा बयानका लागि हिजो लगिएको थियो ।
तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछाने माथी बिभिन्न सहकारीवाट रकम लगेको आरोप छ, सोही सिलसिलामा उनी झन्डै एक महिना देखी प्रहरी हिरासतमा रहेका छन् ।
जिवी राइ संलग्न चितवनस्थित साहरा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको थप आरोप उनी माथी छ, जसको बयानका लागि उनलाइ काठमाडौंवाट चितवन लगिएको हो ।
गत असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी नगरे पनि मंसीर हालिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जना विरुद्ध सहकारीको रकम हिनामिना गरेको आरोप लगाइएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
