रौतहट बलरामपुर गढीमाई मन्दिरमा पनी भब्य मेलाको आयोजना
सञ्जय मिश्रा
रौतहट । रौतहटको कटहरिया नगरपालिका ४ बलरामपुर गाउँ छेउ गढीमाई मन्दिरमा भव्यरूपमा मेला सुरु भएको छ।
शुक्रवार साँझ एक समारोह बिच वडा अध्यक्ष चन्दन कुशवाहाले रिबन काटेर उदघाटन गरेपछी औपचारिक रूपमा मेला सुरु भएको हो। उक्त अवसरमा वडा अध्यक्ष कुशवाहाले हिन्दूहरूको आस्थाको केन्द्र बलरामपुर गढीमाई मन्दिरमा अघिल्लो मेला भन्दा यस पटक बिशेष रुपमा पूजा संगै मेलाको आयोजना गरिएको बताएका छन्। पाँच बर्षमा एकपटक लाग्ने मेलामा कटहरिया वडा ४ का बाट मात्र १ लाख रुपैयाँ सहयोग गरिएको साथै दर्जनौं स्थानीयले करिब ४ लाख रुपैयाँ चन्दा सहयोग गरेको वडा अध्यक्ष कुशवाहाले जानकारी दिएका छन्।
उदघाटन कार्यक्रममा सहभागी देवाही गोनाहिका मेयर प्रेमलाल साहले बलरामपुर गढीमाई मन्दिर निर्माण देखी मेला आयोजनाको मुख्य भूमिका निभाई रहेका वडा अध्यक्ष चन्दन कुशवाहाको खुलेरै प्रशंसा गरेका थिए। उक्त मन्दिर देवाही गोनाही नगरपालिका संग जोडिएको भएकाले मेलामा सहयोग गर्नु आफ्नो पनी दायित्व रहेको बताउँदै मेयर साहले मन्दिरमा लगाईएको पण्डाल बापत ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
मेला मंगसिर २४ गते सम्म लाग्ने आयोजक मेला मूल सेवा समिति बलरामपुर जनाएको छ । मेलामा आज देखि आईतवार सम्म विर्जाभारको नाच व्यवस्था गरिएको छ भने सोमवार टिकटक स्टारहरुको जमघट हुने छ। बलरामपुर गढीमाई मन्दिरमा बारा बरियारपुर गढीमाईको तिथिमा राँगा, खसी, परेवा, हासको बलि दिइने जनाईएको छ । बलिरामपुर टोलापुरमा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा पछिल्लो १५ बर्ष देखि प्रत्येक पाँच वर्षमा गढीमाईको मेला लाग्दै आएको छ ।
गढीमाई मन्दिरमा दर्शन गर्न दर्शनार्थीहरु आउने गर्दछन् ।भाकल पुरा हुनेहरूले पशु बलि समेत दिने गरेका छन् । यस मेलामा रौतहट सहित अन्य जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् । उदघाटन कार्यक्रममा वडा अध्यक्ष चन्दन कुशवाहा संगै देवाही गोनाही नगरपालिकाको नगर प्रमुख प्रेमलाल साह कानु , देवाही गोनाही नगर पालिका वडा ६ को वडा अध्यक्ष बिशनु दास , कटहरिया नगर पालिकाको कार्यपालिका सदस्य जामुन ठाकुर, कटहरिया नगर पालिका वडा सदस्य मेरजुल मिया, रामईसवर यादव, ईलाका प्रहरि कार्यलय कटहरियाका सई मुकेश कुमार सिंह , मेला समितिको अध्यक्ष पुनदेव साह कानु , कोशा अध्यक्ष लालबाबु दास,सचिव श्री भाग्वान साह तेलि, पुजारि रुपनारायण पासवान सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको बताइएको छ ।
१५ बर्ष अघि स्थापना गरिएको बलरामपुर गढीमाई मन्दिर चन्दन कुशवाहा पहिलो पटक वडा अध्यक्षमा निर्वाचित भए पछि आर्थिक बर्ष २०८६१०७७ मा १३ लाख रुपैयाँको लागतमा मन्दिरको पुनः निर्माण तथा मूर्ति स्थापना गरिएको थियो। बलरामपुर गढीमाई मन्दिर संगै रौतहटको ७ स्थानमा रहेको मन्दिरहरूमा मेलाको आयोजना गरिएको छ। ती सबै मन्दिरहरूमा बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाई मेलाकै तिथिमा बली प्रदान गरिँदै आएको छ।

सम्बन्धित समाचार
२०८३ भदौं १० गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


