जनकपुर बोल्ट्सकाे १ रनको रोमाञ्चक जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
लगातार चौथो जितसँगै चार खेलमा आठ अंक जोडेको जनकपुरले प्ले अफ सम्भावनालाई बलियो बनाएको छ । यसअघि जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखराविरुद्ध सात विकेटको जित निकालेको थियो ।
यता चारै खेलमा हार ब्यहोरेको लुम्बिनीको प्ले अफ सम्भावना लगभग सकिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्सविरुद्ध दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १३५ रन मात्रै बनायो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, टोम मुर्सले ३१, अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।
जनकपुरका लागि हर्ष थाकरले चार ओभरमा २३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी किशोर महतो, ललितनाराण राजवंशी र शेर मल्लको नाममा सामान एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रनको योगफल तयार पर्यो ।जनकपुरका लागि कप्तान अनिलकुमार साहले ४५, लाहिरु मिलन्थाले २४, शुभ कंसाकारले अविजित २२ र आसिफ शेखले १६ रन बनाए ।लुम्बिनीका लागि अभिशेष गौतमले तीन, साद बिन जफर र कप्तान रोहितकुमार पौडेलले समान दुई तथा सन्दीप जोराले एक विकेट लिए ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
