पुष्पाः २ को हैदाराबादकाे भागदौड मृत्यु प्रकरणमा तीन जना पक्राउ
हैदाराबाद । चलचित्र ‘पुष्पा २’ को प्रिमियरको क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, थिएटर म्यानेजर नागराजु र बालकनी सुपरभाइजर रहेको भारतीय मिडियाले जनाएका छन् ।
यसको पुष्टि चिक्कडपल्लीका एसीपी एल रमेश कुमार ले भिडियो साझा गरेर दिएका छन । भिडियोमा उनले भनेका छन्, ‘आज अनुसन्धानका क्रममा यस घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अदालतमा पेश गरेका छौँ । उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको छ । र, घाइते बालक निको भइरहेका छन्।’
प्राप्त जानकारी अनुसार घटनापछि मृतकका परिवारले प्रहरीमा उजुरी दिएका थिए । तीनै जनाविरुद्ध भारतीय न्याय संहिता ऐनको धारा १०५ र ११८ ९१० र ३ ९५० अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एसीपी एल रमेश कुमारले पनि घाइते ९ वर्षीय श्रीतेजको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।
अल्लु अर्जुन गत बुधबार राति हैदराबादको सन्ध्या थिएटर पुगेका थिए । उनलाई हेर्न भीड जम्मा भयो । एक्कासी भागदौड मच्चिँदा रेवतीको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । रेवतीका ९ वर्षीय छोरा श्रेतेज पनि घाइते भएका छन् ।
मृतकका श्रीमान् भास्करले आफ्नी श्रीमती र छोराको अवस्थाको लागि अल्लु अर्जुन मात्र जिम्मेवार रहेको बताउँछन् । उनको टोलीले थिएटरमा आउँदै गरेको जानकारी प्रहरीलाई दिएको भए यति ठूलो दुर्घटना हुने थिएन, त्यसैले उनी दाेषीका प्रमुख पात्र हुन ।
यो घटनापछि अल्लु अर्जुनले आफ्नो एक्स ह्यान्डलमा भिडियो शेयर गर्दै मृतक महिलाको परिवारलाई २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले भनेका थिए, ‘सन्ध्या थिएटरमा भएको दुखद घटनाबाट म गहिरो दुखित छु । यस दुःखद घडीमा परिवारमा मेरो समवेदना। म उनीहरूलाई यो पीडामा एक्लै छैनन् भन्ने विश्वास दिलाउन चाहन्छु। परिवारलाई व्यक्तिगत रूपमा भेट्ने छु । यो कठिन घडीमा म उहाँहरुलाई सक्दो सहयोग गर्न तयार छु ।’
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

