रौतहट स्कार्पियो दुर्घटना मृतक ८ र घाईते ५ जनाको सनाखत
रौतहट। बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाई मन्दिरमा दर्शन गरेर फर्की रहेको स्कार्पियो रौतहट स्थित राजमार्गमा दुर्घटना हुँदा मृत्यु भएका चालक सहित ८ जना र घाईते सबै ५ जनाको सनाखत भएको छ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित धन्सार–लमाहा खोलाको नजिकै आज मंगलबार बिहान दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो । स्कार्पियोमा सवार अन्य बालबालिका सहित ५ जना घाइते छन् ।
बारा बरियारपुर स्थित लागेको पंचवर्षीय गढीमाई मेला दर्शन गरी सिराहा तर्फ फर्किरहेको उक्त स्कर्पियो अनियन्त्रित भई बाटो बाट तल दाहिने साइडको रुखमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताएका छन्।
मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ का गाडी चालक श्रीकुमार यादव, दर्शनार्थीहरु स्थानिय ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी महरा, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्। मृतक मध्ये चालक बाहेक सबै दलित चमार जातिका मानिस हुन्।
घाईतेहुनेहरुमा सोही ठाउँका उमेश महराको श्रीमती बर्ष ३० की राधा महरा अनुहार, मुखमा चोट लागेको, उमेश महराको छोरा बर्ष २ को आर्यन महरा, भित्री चोट , गणेश महराको श्रीमती २५ की देव कुमारी महरा भित्री चोट, बर्ष ७ को छोरा ऋतिक महरा भित्री चोट र बर्ष ६० की कन्या देवी महरा लाई पनि भित्री चोट लागेको डिएसपी राईले जानकारी दिएका छन्। घाईतेहरुको चन्द्रनिाहपुर स्थित अस्पतालमा सामान्य उपचारपछि बिहान सवा ४ बजे एम्बुलेन्स बाट बयोधा अस्पताल बिरगंज पठाईएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

