दुर्गा प्रसाइँविरुद्ध मुद्दा दायर, ७ वर्ष कैद सजाय माग
काठमाडौँ । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई काठमाडौं जिल्ला अदालतमा बुधबार साइबर अपराधमा बुधबार मुद्दा दर्ता गरिएको छ ।
प्रसाइँलाई सात वर्षसम्म कैद माग गरिएको सरकारी वकीलको कार्यालयले जनाएको छ । मुद्दामा विहीबार थुनछेक बहस हुने भएको छ । त्यसपछि उनलाई थुनेर अनुन्धान गर्ने वा छोड्ने भन्ने अदालतले आदेश दिनेछ ।
सरकारी वकील काठमाडौंले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को १,२ अन्तर्गत कसुर र सजाय माग गर्दै मुद्दा दर्ता भएको हो । उनलाई यसपटकको ५ वर्षसम्म कैद र १ लाखसम्म जरिवानाको माग छ । किनकि यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भैसकेको छ । त्यसकारण पटकेमा सात वर्षसम्मको माग दाबी गरिएको हो । अदालतमा जिल्ला न्यायाधीवक्ता खगिन्द्रराज कटुवालले मुद्दा दर्ता गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानीबारे त्यहाँ रहेका एक नेपालीले नै भिडियो आफूलाई पठाएको सरकारी वकीललाई बयान दिएका छन् । उनले भिडियोमा बोलेको विषयलाई स्विकारेका छन् । प्रसाइँले जनतालाई जानकारी दिनका लागि भिडियो सार्वजनिक गरेको बयान दिएका हुन् ।
तीन वर्ष भन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा कसुरदार हो वा भन्ने कसुरदार भएको विश्वासको तत्काल प्रमाण भएमा थुनामा राखेर कार्वाही गर्न पाउने कानुनी व्यवस्था पनि छ ।
उनलाई संगठित र आपराधिक लाभमा पनि अनुसन्धान भैरहेको सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ । संगठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ ।
मङ्सिर ४ मा पक्राउ परेका प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले सुरुमा उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
