आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा
जानकारी केन्द्र
२०८१, मंसिर, २९
काठमाडौं । गत आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा भेटिएको छ । शंखरापुर नगरपालिका– ५ घर भई काठमाडौं शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार मृत अवस्थामा फेला परेकी हुन् ।
उनी पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत थिइन् । आइतबारदेखि हराएकोमा उनका बुबाले बानेश्वर वृत्तमा खोजतलासका लागि निवेदन दिएका थिए ।
बिहीबार बेलुका स्थानीयले तिलगंगाछेउको जंगलमा मृत भेटे पछि पशुपति विकास कोषका सुरक्षागार्डलाई खबर गरेका थिए । गार्डले प्रहरीलाई जानकारी गराएको हो ।
घटनास्थलबाट सुसाइड नोट र विषको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ । गौशाला वृत्तबाट घटनाको अनुसन्धान भइरहेको काठमाडौं परिसरले जनाएको छ ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

