आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा
जानकारी केन्द्र
२०८१, मंसिर, २९
काठमाडौं । गत आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा भेटिएको छ । शंखरापुर नगरपालिका– ५ घर भई काठमाडौं शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार मृत अवस्थामा फेला परेकी हुन् ।
उनी पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत थिइन् । आइतबारदेखि हराएकोमा उनका बुबाले बानेश्वर वृत्तमा खोजतलासका लागि निवेदन दिएका थिए ।
बिहीबार बेलुका स्थानीयले तिलगंगाछेउको जंगलमा मृत भेटे पछि पशुपति विकास कोषका सुरक्षागार्डलाई खबर गरेका थिए । गार्डले प्रहरीलाई जानकारी गराएको हो ।
घटनास्थलबाट सुसाइड नोट र विषको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ । गौशाला वृत्तबाट घटनाको अनुसन्धान भइरहेको काठमाडौं परिसरले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
