रूम हिटरको सही प्रयोग नगरे लिन सक्छ ज्यान, उपाय जान्नुहोस्
काठमाडौं । रुम हिटरको सही प्रयोग गरिएन भने यसले तपाईको ज्यान समेत लिन सक्छ । रुम हिटरको प्रयोगका कारण आजकाल धेरैको ज्यान जाने गरेको घटना सार्वजनिक भइरहेकाले हामीले यो भनिरहेका छौं ।
बारम्बार हामीले सुनिरहेका हुन्छाै कि हिटर बालेर सुतेकाे मान्छे बिहान शवकाे रूपमा भेटिएकाे छ । धेरै मानिसहरूलाइ उनको घरको सुत्ने कोठामा फेला पारिएकाे छ । खासमा हिटर चलाएकाे काेठामा सुतेकाे मान्छे मृत्यु हुनुकाे मुख्य कारण हिटरबाट निस्किएको कार्बन मोनोअक्साइड ग्याँस हाे, जाे मान्छेकाे ज्यान पनि लिन्छ र लिइरहेकाे हुन्छ ।
जाडोमा, मानिसहरू प्रायः आफ्नो बेडरूममा हिटर वा ब्लोअर लगाएर सुत्छन्। रुम हिटरले केही मिनेट मै कोठा तताउँछ तर यसले स्वास्थ्यमा धेरै साइड इफेक्ट पनि गर्छ । लामो समयसम्म लगातार प्रयोग गर्दा धेरै अवस्थामा यसले ज्यानसमेत लिन सक्छ।
त्यसैले यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । त्यसोभए हामी भन्ने छाैं यदि तपाईले रुम हिटर प्रयोग गर्नुहुन्छ भने कम्तिमा तपाईले तलका कुराहरू ध्यान दिनुपर्ने हुन्छः
– रुम हिटर प्रयोग गर्नुअघि राम्ररी सफा गर्नुहोस्। यसो गर्दा यसमा जमेको धुलो हट्छ र हिटर प्रयोग गर्दा गन्ध पनि आउँदैन।
– बन्द कोठामा लामो समयसम्म रुम हिटर वा ब्लोअरहरू चलाउन नदिनुहोस्। हिटर चलाउँदा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, जुन गन्धविहीन विषाक्त ग्याँस हो। कोठा बन्द भएमा अक्सिजनको कमी हुन्छ । यस्तो अवस्थामा लामो समयसम्म हिटर चलाउँदा निसास्सिन सक्छ।
– दिन होस् वा रात, हिटर बालेर सुत्नु हुँदैन । सुत्नु अघि हिटर बन्द गर्नुहोस् र बच्चाहरूबाट टाढा ठाउँमा राख्नुहोस्।
– हिटर चलाउँदा कोठाको झ्याल पूर्ण रूपमा बन्द नहोस् भन्ने कुरामा ध्यान दिनुहोस् । कोठामा ताजा हावा भेन्टिलेसनको लागि ठाउँ बनाउनु होस्। तपाईंले हीटर चलाउँदा झ्यालहरू थोरै खुला छोड्न सक्नुहुन्छ।
– हिटरको वरिपरि प्लाष्टिकको झोला, कागज वा त्यस्ता ज्वलनशील वस्तु नराख्नुहोस्। यस्ता कारणले चोटपटक लाग्ने खतरा हुन्छ ।
– तपाईको घरमा दम वा श्वासप्रश्वासका बिरामी छन् भने कोठामा हिटर चलाउनबाट जोगिनुहोस्। दमका बिरामीहरूलाई हिटरको समस्या हुन सक्छ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
