ललितपुर महानगरपलिकाले १०६ औँ स्थापना दिवस मनाउँदै
काठमाडौँ । ललितपुर महानगरपलिकाले मंगलबार आफ्नो १०६ औँ स्थापना दिवस मनाउँदैछ । सोमबार महानगरपालिकाले १०६ औँ स्थापना दिवसको अवसरमा ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी गरिने लगायतका कार्यक्रम राखिएको जानकारी गराएको हो ।
उक्त कार्यक्रममा बोल्दै महानगरपलिकाका मेयर चिरिबाबु महर्जनले १९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो भएको बताए । उनले काठमाडौं महानगरपालिका समेत ललितपुर महानगरपालिका भन्दा तीन महिना कान्छो भएको उनले बताए ।
उनले भने, ‘१९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो महानगरपालिका हो । काठमाडौं महानगरपालिका समेत ललितपुर महानगरपालिका भन्दा तीन महिना कान्छो छ । त्यसैले भोलि चाँही हामी १०६ औँ स्थापना दिवस मनाउँदैछौं । सबैलाई निमन्त्रणा यतैबाट गर्न चाहन्छु ।’
साथै उनले एउटै फोटोले हजारौं शब्द बोल्ने बताए । उनले फोटोले हजारौं शब्द बोले पनि भिडियोले लाखौं शब्द बोल्नुपर्ने बताए । उनले महानगरपालिका कुनै कुरामा पनि कमजोर नरहेको बताए । उनले कुनै पनि बिन्दुमा पुगेर काम गरिरहेका छौं भने त्यो रोकिन नहुने जिकिर गरे ।
ललितपुर महानगर नेपालकै सबैभन्दा उत्तम हो भनेर घोषणा गर्ने इच्छा भएको बताए । यसैगरी उनले महानगर सफा र सुगर बनाउनेसमेत धोको रहेको बताए ।
उनले भने, ‘हाम्रो महानगरपालिका कुनै कुरामा कमजोर छैन । धेरै कुरामा अगाडि आएर अब्बल नै छौं । कुनैपनि पोइन्ट वा बिन्दुमा गएर रोकिँदैनौं, निरन्तर चलिरहनुपर्छ । अब हामीलाई एउटा ईच्छा छ जुन ललितपुर नेपालकै सबैभन्दा उत्तम हो भनेर घोषणा गर्ने । यसैगरी ललितपुर महानगरपालिका सफा बनाउनेसमेत धोको छ ।’
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
