Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २
एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । एसिसी महिला यु १९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारत विरुद्द नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।

मलेसियाको बायोमास ओभलमा जारी खेलमा भारतले टस जितेर फिल्डिङको निर्णय लिए पछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो । पाकिस्तानलाइ हराएका नेपाल र भारत दुवै टोलीले सुपर फोरमा स्थान सुरक्षित गरिसकेका छन् ।

कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो भने पाकिस्तानसँगको पहिलो खेलमा भारतले ९ विकेटले बिजयी हासिल भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स